Bhutan News Network

News That Matters

Politics

भुटानी शरणार्थी स्वदेश फर्किने अभियानमा

अधिकांश भुटानी शरणार्थी तेस्रो देश पुर्नबासमा जान थालेपछि स्वदेश फिर्तीको अडानमा बसेका शरणार्थीले नयाँं अभियान थालेका छन् ।पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने शरणार्थीलाई तेस्रो देश पुर्नबासमा लगिएपछि स्वेदश फिर्ती चाहनेहरु सङ्गठित हुन थालेका हुन् ।

राष्ट्र सङ्घीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर)ले असार मसान्तसम्ममा पुर्नबासमा जाने शरणार्थीको सूची तयार पारेपछि स्वदेश फर्किन चाहने उनीहरु सङ्गठित हुन थालेका हुन् ।

भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिमार्फत घर फिर्ती चाहने शरणार्थी एकताबद्ध हुन थालेका छन् ।

यूएनएचसिआरले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै उनीहरुले अन्तर्राष्ट्रिय समुदायसँग घर फर्किन पाउने अधिकार रक्षाको माग गरेका छन् ।

भुटान मानव अधिकारवादी संस्था (ह्युरोब)का अध्यक्ष एसवी सुब्बाका अनुसार पुर्नबासमा लगिएका देशलाई नै अनुरोध गरेर बाँकी रहेका नागरिकलाई भुटान फर्काउन दबाबमूलक कार्यक्रम सञ्चालन गरिने छ । करिब आठ हजार शरणार्थीले स्वदेश फिर्तीको अडान लिएका उच्चायोगको एक तथ्याङ्कमा उल्लेख छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *