Bhutan News Network

News That Matters

Misc

घरेलु रक्सी नष्ट

डिकेश लामा, बेलडाँगी

Photo: Dikesh Lama
Photo: Dikesh Lama

भूटानी शरणार्थी शिविर क्षेत्रभित्र लैजाँदैगरेको अवस्थामा बुधबार ४५ लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरिएको छ ।
बुधबार विहान सशस्त्र प्रहरी वेश वेलडाँगी १ को पूर्वतर्फ जंगलको वाटो भएर ३ जनाले जर्किनमा वोकेर लैजाँदैगरेको अवस्थामा सो रक्सी बरामद गरिएको सशस्त्र प्रहरी वेश वेलडाँगी १ ले जानकारी दिएको छ ।

बरामद रक्सी आजै सार्वजनिक रुपमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक देवबहादुर कार्कीले बताए । शिविर सहायक सचिव सुकबहादुर राई, स्थानीय वेलडाँगी टोल विकास संस्थाका अध्यक्ष राजन संग्रौला, शिविर रेखदेख समितिका संयोजक हरि गुरुङ्ग, सामुदायिक मेलमिलाप केन्द्रका संयोजक पदमलाल मैनाली, संचारकर्मी डिकेश लामा लगायतको उपस्थितिमा रक्सी नष्ट गरिएको थियो ।

शिविरभित्र हुने अराजक गतिविधि रोक्न विगत धेरै बर्षदेखि मादक पदार्थ निषेधको प्रयास गरिए पनि पूर्ण रूपमा सफल भने हुन नसकेको स्थानीय सामाजिक अगुवा गणेश चाम्लिङ्ग राईले बताए । शिविर क्षेत्रमा मात्र पटकपटक ठूलो परिमाणमा मादक पदार्थ नष्ट गरिएको छ । मादक पदार्थ ओसार पसारमा कडाई गरे पनि सो न्यूनिकरण भने हुन नसकेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *