Bhutan News Network

News That Matters

PoliticsTop News

हार्दिक सम्बन्धको घाउलाई धेरै राख्न चाहन्नौ : भुटानी मन्त्री

चन्द्रशेखर अधिकारी

D N Dhungel
D N Dhungel

थिम्पु (भुटान), फाल्गुन २६ – तेस्रो मुलुक पुर्नस्थापना सकिए लगत्तै नेपाल भुटान दुईपक्षीय वार्ता हुने भएको छ । तेस्रो मुलक जान नचाहेकाहरुको स्थायी ब्यवस्थापनको लागि त्यस्तो बार्ता हुने भुटान सरकार प्रवक्ता एवं संचारमन्त्री डीएन ढुंग्यालले बताए । नेपाल र भुटानबीच रहेको सम्वन्धलाई थप उचाईमा पुर्याउन लामो समयदेखि रहेको यो समस्या टुंगोमा पुर्याउन भुटान सरकारले आन्तरिक रुपमा पनि छलफल गरिरहेको उनले बताए । जे जस्तो कारणले नेपाल पुगेका भएपनि नेपालले यतिका समय कसैलाई शरण दिएर ठूलो हृदय देखाएको उनले बताए । अवको सम्वन्धको हार्दिकताको लागि पनि हामीले तत्काल दुईपक्षीय वार्ता गर्दै सम्वन्धको सानो घाउलाई निको पार्न ढिलाई गर्न नहुनेमा जोड दिए ।

नेपाल र भुटानका प्रधानमन्त्री बीचमा समेत विभिन्न समयमा यस विषयमा छलफल भइरहेको र अव यसलाई टुंगोमा पुर्याउन पर्नेमा कुनै दुईमत नभएको उनले बताए । दक्षिण भुटानबाट निर्वाचित भएर छिरिङ तोग्बेको मन्त्रिमण्डलम रहेका ढुग्यालले कान्तिपुरसंग भने, ‘समस्या समाधान गरेर हाम्रो दुईपक्षीय सम्वन्धको हार्दिकता बढाउन आवश्यक छ । सार्कका हामी संस्थापक सदस्यहरु बीच निकै आत्मिय सम्वन्ध छ । यसलाई थप उचाईमा लैजान आवश्यक छ ।’

भुटान भित्र अहिले कुनै समस्या नरहेको बताउदै जनताको जीवनस्तर उकास्न सरकारी प्रयत्नहरु भइरहको बताए । भुटान एक राजसंस्थात्मक संरक्षणमा रहेको प्रजातान्त्रीक मुलुक रहेको बताउदै राजनीतिक अस्थिरता नरहेको र विकासको बाटोमा अघि बढिरहेको समेत उनले बताए । सार्क शिखर सम्मेलनको समय होस या राष्टसंघ महासभाको साइडलाइनमा होस दुई मुलकुका प्रधानमन्त्रीबीच सम्वन्धमा थप आत्मियता र समास्या समाधानमा पटक पटक छलफल भएका छन् ।

१९९० को शुरुवातीमा भुटान भित्र समस्या उत्पन्न भएपछि यहाबाट भागेकाहरु नेपालको पुर्वि जिल्ला झापा र मोरड.मा २५ बर्ष देखी रहदै आएका छन । शरणार्थीको रुपमा रहदै आएका भुटानी शरणार्थीहरु विगत छ वर्ष देखि तेस्रो मुलुक पुर्नस्थापनामा गएका छन । शुरुवातीमा सत्तरी हजार भन्दा बढि रहेको भएपनि पछि एक लाख भन्दा बढि रहेका उनीहरु मध्ये ९५ हजार भन्दा बढि तेस्रो मुलुक पुर्नस्थापनामा गइसकेका छन् । बाकि रहेका मध्ये ९ हजार जाने पर्खाइमा छन् । सबै भन्दा बढि अमेरिकामा पुर्नस्थापीत भएका छन् । अमेरिकाले मात्र ८५ हजार भन्दा बढि भुटनीलाई लिएको छ । क्यानडा, बेलायत, डेनमार्क, नर्वे, जर्मनी लगायतको मुलकमा पनि सानो सानो संख्यामा पुर्नस्थापित भएका उनीहरुका पुराना पुस्ताहरु स्वदेश फर्केर आफ्नै माटोमा मर्ने भन्दै तेस्रो मुलुक जान चाहेका छैनन् ।

करिव १५ हजार जतिमात्र रहेका उनीहरुको बीचमा छलफल गरेर भुटान सरकारले बाकि रहेको भुटानीलाई लिईदिए हुने नेपालको धारणा रहदै आएको भए पनि भुटानले सकरात्मक संकेत नदिएको नेपालका उच्च अधिकारीहरु बताउछन् । परराष्ट मन्त्रालयका एक अधिकारी भन्छन, ‘भुटानले हुन्न केही भन्दैन र गर्न केही गर्दैन । तर अव सानो संख्यामा रहेकाले ब्यवस्थापनलागि सकारात्मक हुन्छन की ।’

अव बाँकी रहने भुटानी शरणार्थीलाई भुटान सरकारले विनाशर्त लिन पर्ने नेपालको धारणा रहदै आएको छ । तर भुटानले उनीहरुलाई स्वीकार गर्छ कि गर्दैन हेर्न बाँकी छ । भुटानी मन्त्री ढुंग्याल अव यस्तो घाउ नराखी एकै परिवार झै रहनुपर्ने बताउछन् । ‘सार्क एउटा सानो परिवार हो यसमा कुनै कुराको पनि बैमनश्यता रहनु हँुदैन्’, उनले भने । भुटानीहरु तेस्रो मुलुक पुगेर पनि गैरआवासीय भुटानीको हैसियत लिन खोजिरहेको अवस्थामा भुटानले बाँकि रहेका आफ्ना नागरिक लिन तयार हुनपर्नेमा सबैले जोड दिएका छन् । नेपाल र भुटानबीच पटकपटक दुईक्षीय छलफल गरेर अन्तमा स्थगित भएपछि राष्टसंघीय शरणार्थीका उच्चायोग ९यूएनएचसिआर) र अन्तराष्टिय बसाइँसराई सम्वन्धी संगठनको पहलमा तेस्रो मुलुक पुर्नस्थापना आरम्भ भएको हो । तेस्रो मुलुका पुर्नस्थापना पछि नेपाल र भुटानबीच यस विषयमा दुई पक्षीय कुनै वार्ता हुन सकेको छैन् ।

Kantipur